नयाँदिल्ली रेल्वे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८१, ४ फाल्गुन

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीको एक रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मृत्यु हुनेमा ९ पुरुष र चार महिला रहेका छन् भने ५ जना बालबालिका रहेको बताइएको छ । दर्जनौँ घाइते भएका छन् ।

समाचारमा जनाएअनुसार प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा सो घटना भएको हो ।

दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँदिल्ली रेलवे स्टेसनमा पठाएको थियो । अहिले घटनास्थलबाट एम्बुलेन्सहरुले घाइतेहरुको उद्दार गरिरहेको छ । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया