नाकढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ
प्रकाशित:
२०८१, १ फाल्गुन

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका छन् ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेका उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार