युवतीसँग होटलमा पुगेका युवकको मृत्यु, दुईजना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, २५ माघ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना रहेका छन् ।

आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका उनी गएराति खाना खाएर सुत्ने बेला शौचालयको ढोकामा लडेका थिए । बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

घटनाबारे अनुसन्धान गर्न उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अहिले थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया