वासिंगटनको आकाशमा ठोक्कियो विमान र हेलिकोप्टर
प्रकाशित:
२०८१, १७ माघ

वासिङ्टन । अमेरिकन एयरलाइन्सको एउटा विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार रिगन वासिङ्टन नेशनल एयरपोर्टनजिकै उक्त दुर्घटना भएको हो ।
उक्त विमान ल्याण्ड गर्न लाग्दा पोटोम्याक नदीमाथि हेलिकोप्टरसँग ठोक्किएको थियो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दुर्घटनाबारे आफूलाई पूर्ण रूपमा जानकारी गराइएको बताएका छन् ।
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको एफएएले जनाएको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार