धरौटीमा छुटेपछि रविले के भने ?
अखबार टुडे
प्रकाशित:
२०८१, २ माघ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । रविले बैंक जमानत बुझाएर छुटेका छन् । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । थुनामुक्त भएपछि रविले आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताए । ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’ रविले भने ।

प्रतिक्रिया