भूकम्पविद डा सुवेदीको नेतृत्वमा नास्टले मनायो भूकम्प सुरक्षा दिवस
अखबार टुडे
प्रकाशित:
२०८१, २ माघ

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बुधबार २७औँ भूकम्प सुरक्षा दिवस मनाएको छ । नास्टका भूकम्पविद डा शिव सुवेदीको नेतृत्वमा भूकम्पसम्बन्धी विभिन्न सिकाई मोडलहरु प्रस्तुत गरि भूकम्प दिवस मनाइएको हो ।

कार्यक्रममा भूकम्प के कारणले जान्छ, भूकम्पको विज्ञान, भूकम्पको पूर्वतयारी, भूकम्प सुरक्षा र भूकम्पीय तरंगहरुको बारेमा विभिन्न आठ मोडलहरु समावेश गरिएको थियो । उक्त कार्यक्रममा काठमाडौंका बिद्यार्थी, शिक्षक तथा सर्वसाधारण गरि ८५० जना भन्दा बढीले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा विज्ञको रुपमा नास्टका भूकम्पविद डा शिव सुवेदी, खानी तथा भुभर्ग विभागका भूकम्पविदहरु डा लोकविजय अधिकारी, डा मुकुन्द भट्टराई, नास्टका प्राज्ञ प्राध्यापक डा बिशालनाथ उप्रेती लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

नास्टका उपकुलपति प्राध्यापक डा दीलिप सुब्बा र सचिव डा रविन्द्रप्रसाद ढकालले यस प्रकारको कार्यक्रमले समुदायमा भूकम्पको बुझाइ र जनचेतनाको लागि महत्वपुर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया