दक्षिण कोरियाली राष्ट्रपति योललाई पक्राउ गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०८१, १९ पुष

सियोल । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीबार राति दुई हजारभन्दा बढी पुलिस उनको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले यूनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने तयारी गरेको हो । यूनविरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रियसभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्बित छ ।

प्रतिक्रिया