प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त
अखबार टुडे
प्रकाशित:
२०८१, १६ पुष

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसमक्ष राईलाई संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापा शिवसताक्षी–२ का राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

प्रतिक्रिया