काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डरमा अनुबन्ध भएका छन् । सोमबार एक कार्यक्रमबीच दीपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै, ऐरीलाई ओमोडा ई–फाइभ हस्तान्तरण समेत गरिएको छ । उनी बुवा आमासँगै कार्यक्रममा पुगेका थिए । ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान हुन् । एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–ई फाइभ प्रदान गरिएको थियो ।
शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो । उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रूपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।