‘कार्साङ’को सात भज्याङमा दया र सिर्जनाको छमछमी (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८१, १३ पुष

काठमाडौं । नेपाली फिल्म ‘कार्साङ’को प्रमोशनल गीत ‘सात भज्याङ’ सार्वजनिक भएको छ । यो फिल्म यही पुस २६ गते रिलिज हुँदैछ ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र सिर्जना सुब्बा फिचरिङ छन् । शेर्पा समुदायको सांस्कृतिक तथा रहन सहनमा आधारित ‘कार्साङ’को ‘सात भज्याङ’ गीतलाई साकेला गीतमा आधारित रहेर निर्माण गरिएको छ । एसडी योगीले संगीत गरेको यस गीतमा योगीसँगै रेश्मा पुुन मगरले स्वर दिएका छन् ।

यम शेर्पाले निर्देशन गरेको यो फिल्ममा दयाहाङ र सिर्जनाका अलावा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, कविता आले लगायतको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया