एनपीएल विजेतालाई एक करोड ११ लाख, उपविजेताले कति पाउँछ ?
प्रकाशित:
२०८१, १५ मंसिर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार एनपिएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो ।
यस्तै, प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ पाउने छ भने तेस्रोलाई ३० लाख र चौथो हुने टीमलाई २० लाख रूपैयाँ प्रदान गरिने क्यानले जनाएको छ । यो नेपाली खेलकुद इतिहासमै अहिलेसम्मको ठूलो पुरस्कार हो ।
यसअघि अखिल नेपाल फुटबल संघले एकपटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो । चार टोलीको कुल पुरस्कार राशी २ करोड ११ लाख रूपैयाँ छ । यो पनि नेपाली प्रतियोगिताको सर्वाधिक पुरस्कार हो।
कीर्तिपुस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार