उपनिर्वाचन : ३८ वटा निर्वाचन अधिकृतको कार्यालय
अखबार टुडे
प्रकाशित:
२०८१, ३० कार्तिक

काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

शुक्रबार निर्वाचन आयोगले उपनिर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ निर्वाचन अधिकृतका कार्यालय हुने भएको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएका आयोगले जनाएको हो ।

कार्यालय स्थापना भएपछि मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

उनका अनुसार आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सुरु भएर मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया