काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतमा ‘मिस नेपाल नर्थ अमेरिका–२०२४’ अन्ना कोईरालालाई नियुक्त गरिएको छ । प्रतिष्ठानद्वारा काठमाडौंमा एक समारोहबीच कोईरालालाई सदभावना दूतमा नियुक्त गरेको हो ।
पूर्वरक्षामन्त्री प्रा. भीमसेनदास प्रधानको आपतथ्यमा आयोजित समारोहमा अन्ना कोइरालालाई प्रतिष्ठानको सद्भावना दूतबाट सम्मान गरिएको थियो । साथै, कार्यक्रममा पूर्वमन्त्री प्रधानले राजनीतिक गर्ने व्यक्तिले भाषण धेरै, काम थोरै गर्ने तर सामाजिक कार्य गर्ने व्यक्तिले काम धेरै गर्ने बताए ।
कार्यक्रममा अन्नाले प्रतिष्ठानको सद्भावना दूत नियुक्ती गरेकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘क्यान्सर निवारण प्रतिष्ठान जस्तो संस्थाले मलाई सद्भावना दूत नियुक्त गरेकामा खुसी छु ।’
कार्यक्रममा वरिष्ठ ¥यापर गायक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटवाल, प्रतिष्ठानका महासचिव डा. सरिशा श्रेष्ठ, कोषाध्यक्ष फूपु तेन्जिङ्ग शेर्पा, प्रतिष्ठानका सद्भावना दूत मिस मंगोल २०२४ एन्जल राई, डा. देवेन्द्र कोइराला, डा. नीता कोइराला, संगीता जोशी (श्रेष्ठ), मनिष सुवाल, पदम सागर कक्षपति, रोशनी दाहाल, सिद्ध वाग्ले, मैया जोशी, राजेन्द्र चित्रकार, राजेश मानन्धर, प्रेरभिता स्वार, बिबिता पाण्डेलगायतको उपस्थिति थियो ।
प्रतिष्ठानमा अध्यक्ष तथा वरिष्ठ गीतकार, समाजसेवी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सइसा श्रेष्ठलाई प्रतिष्ठानको अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा नियुक्त गरिएको थियो । साथै, महासचिव डा. सरिशा श्रेष्ठले यस प्रतिष्ठानले क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्य गर्दै आइरहेको जानकारी दिएकी थिइन् ।