रास्वपाले आन्दोलन जारी राख्ने
अखबार टुडे
प्रकाशित:
२०८१, १० कार्तिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भएपनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ । साथै, सभापति रवि लामिछानेको रिहाइका लागि दवाव दिन आन्दोलन जारी राख्ने बैठकले निर्णय गरेको झाले बताए । सभापति रवि सहकारी मुद्धमा पक्राउ परेयता रास्वपाले नियन्तर आन्दोलन गर्दै आएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने सहकारीको बचत अपचलन मुद्धामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा छन् । उनी गत शुक्रबार काठमाडांैको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया