प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त
अखबार टुडे
प्रकाशित:
२०८१, २० आश्विन

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा आइतबार बिहान एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।

संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

प्रतिक्रिया