‘नेशनल किड्स अफ दि इयर’मा ४ विजेता घोषित
अखबार टुडे
प्रकाशित:
२०८१, १९ आश्विन

काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको हो ।

बिहिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा सिनियर केटी तर्फ क्यारिङ दोङ विजेता बन्दा केटा तर्फ उत्सर्ग भट्टराई विजेता बने । दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्यायनजरत छिन्, भने भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्यायनरत छन् ।

त्यस्तै, जुनियर क्याटवरीमा केटीतर्फ प्रान्भी आचार्यले शिर्ष उपाधि चुम्दा कोटा तर्फ प्रणय मानन्धर विजेता घोषित भए । आचार्य माछापुच्छ«े आभी स्कुल कक्षा ३ मा अध्यायनरत छिन् भने मानन्धर रोज बर्ड स्कुल कक्षा २ मा अध्यायनरत छन् । शिर्ष विजेता ४ जानाले नै थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता इन्टरनेशनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले बिभिन्न गिफ्ट ह्याम्परको अलवा होलिडे ट्रिट नेपालको तर्फबाट २५–२५ हजार बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत समेत प्राप्त गरेका छन् ।

प्रतियोगीतामा सिनियर क्याटवरीमा केटातर्फ निशान उलक फष्ट रनरअप र आरोग्य श्रेष्ठ सेकेन्ड रनरअप छाँनिदा केटीतर्फ परिसा सिटौला फष्ट रहनअप र इक्सिता तन्डुकार सेकेन्ड रहनरअप भए । जुनियर क्याटवरीमा केटीतर्फ साइना थापा फष्ट रनरअप, आयुजा चौधरी सेकेन्ड रनरअप हुँदा केटातर्फ अविग्न डंगोल फष्ट रनरअप र ड्यारियन कुवँर सेकेन्ड रनरअप भए ।

उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फाइनल स्पर्धा गरेको प्रतियोगीताको सोफिया महर्जन कार्की पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका थिए । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् ।

मेमोरी किङ डा. नबल पजियार, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, फिल्म निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता गजित बिष्टलगायत अतिथि रहेको प्रतियोगीतमा निर्णयक सजिना खनाल (मिस वल्र्ड ट्रिजम नेपाल), दीपक घिमिरे (अन्तराष्ट्रिय मोडल), जयनसुब्बा मानन्धर (कोरियोग्राफर) महेश केसी (डान्स कोरियोग्राफर), रुक्का श्रेष्ठ (ब्युटिसियन), हरि खड्का (फुटबल खेलाडी), इन्ता श्रेष्ठ (फेसन डिजाइनर), सिता सुवेदी (डान्सर), पवन कायस्था (डाक्टर), परिसिका कारन्जित ब्युटिसियन) रहेका थिए ।

बिभिन्न उप विजेता समेत छानिएका र नेपाल एरलाइन्सको समेत सहकार्य रहेका प्रतियोगीताको ड्रेस डिजाइन इन्ता अटायरले तयार पारेकी थिइन् । लाइभ धिमे बाजाको प्रस्तुतिबाट सुरु भएको प्रतियोगीतामा प्रतियोगीतले बिभिन्न कल्चर ड्रेस सहित इन्ट्रडक्सन राउण्ड, फ्यामिली सिक्वेललगायत बिभिन्न सिक्वेलमा प्रतियोगीलाई निर्णयकले जर्ज गरेका थिए ।

बच्चाहरूलाई नेपाली कल्चरको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका प्रमुख धिरज तन्डुकारले बताए ।

प्रतिक्रिया