आजदेखि तीन दिन राष्ट्रिय शोक
अखबार टुडे
प्रकाशित:
२०८१, १५ आश्विन

काठमाडौं । सरकारले बाढीपहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गरेको हो ।

आजदेखि तीनदिनसम्म सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । तर सार्वजनिक बिदा हुने छैन ।

प्रतिक्रिया