काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुगेको छ । शुक्रबार र शनिबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या आज दिउँसोसम्म १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ । यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ । उद्धारको क्रममा १०१ जना घाइते भएका छन् । विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ ।
त्यस्तै, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अझै अवरूद्ध छन् । काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ । त्यहाँबाट मात्रै पहिरोले पुरिएको बस र एउटा माइक्रोबाट हिजो र आज गरी ३५ जनाको शव निकालिएको छ । त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन् ।