विदेशबाट आएपछि गोली प्रहार गरी श्रीमतीको हत्या
अखबार टुडे
प्रकाशित:
२०८१, १० आश्विन

सर्लाही । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजेतिर हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । केही व्यक्तिको समूहमा मोटरसाइकलमा आएर ती युवकले श्रीमतीमाथि गोली हानी फरार भएको प्रहरीले जनाएको छ । ती यवक र उनीसँगै आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया