चीनद्वारा सफलतापूर्वक नयाँ ६ उपग्रह प्रक्षेपण
प्रकाशित:
२०८१, ५ आश्विन

बेइजिङ, (एजेन्सी) । उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।
उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन् । यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ ।
यो प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५३६ औं उडान मिसनको प्रतीक हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
