आईफोन-१६ अब अर्को आईफोनबाट ताररहित पुनर्स्थापित गर्न सकिने
प्रकाशित:
२०८१, ४ आश्विन

काठमाडौं । एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ ।
यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस एप्पलद्वारा विशेष रूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो । यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो ।
‘नाइनटुजीरो’ माइकको खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन –१६ मोडेलहरूमा आईओएस प्रणाली गैर–कार्यात्मक हुँदा पनि पुनर्स्थापना सुरु गर्न सम्भव बनाउँछ । नाइनटुजीरो आईफोन, आईप्याडको लागि अग्रणी समाचार वेबसाइट हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
