आँखा बन्द गरेर : प्रेम, रोमान्स र विछोडको मिश्रण (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८१, ३ आश्विन

काठमाडौं । लोकप्रिय गायक यश कुमारले संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनिक निधन र त्यसले भर्खरमात्रै गम्भीर बिरामीबाट निको भएकी प्रेमीकामाथी परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ ।

गीतको भिडियोमा लिम्बु संस्कृति र पालमलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा गायक यशकुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ । १५ मिनेट लामो म्युजिक सिनेमामा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

सार्वजनिक गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन तथा कलर गरेका हुन् । यसअधिको सुपहिट गीत ‘तिमी छौ र त’को दोस्रो पार्टको रुपमा यश कुमारले ’आँखा बन्द गरेरे सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया