संसद्‍ अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
अखबार टुडे
प्रकाशित:
२०८१, ३० भाद्र

काठमाडौं । नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिष्ट घटक एमाले र नेकपा माओवादी केन्द्र संसद्‍मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसदमा असर परेको छ । केही दिन यता संसद् बैठक बस्न सकेको छैन । यसै बेला संसद बैठक अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया