विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएसँगै जिम्मेवारी हेरफेर तथा मन्त्रिपरिषद विस्तार भएको छ । शुक्रबार कांग्रेसबाट मन्त्री भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कोशी प्रदेश सरकारमा रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजना, भूपेन्द्र राई भौतिक पूर्वाधार विकासमन्त्री, पाँच कर्ण राईलाई सामाजिक विकास मन्त्रालय, एकराज कार्कीलाई खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नयाँ जिम्मेवारी अनुसार स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री हिकमतकुमार कार्कीले आफैसँग राखेका छन् ।
त्यसैगरी लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, खगेन सिंह हाडगामलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डललाई पर्यटन, वन तथा वातावरण मन्त्रालय तोकिएको छ । यस्तै, सिर्जना राई र भूमिप्रसाद राजवंशीलाई राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।