सम्पदाले जितिन् ‘मिस युनिभर्स नेपाल-२०२४’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०८१, २६ भाद्र

काठमाडौं । ‘मिस युनिभर्स नेपाल–२०२४’को ताज सम्पदा घिमिरे जितेकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा घिमिरेले प्रतियोगिताको शीर्ष उपाधि जितेकी हुन् ।

आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले विजेता घिमिरेलाई ताज पहिराइदिइन् । घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतिक्रिया