सुबानीको स्वरमा ‘सरर बग्यो हावा’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८१, २२ भाद्र

काठमाडौं । बरिष्ठ गीतकार हरिगोपाल प्रधानको शब्दरचनामा गायिका सुबानी मोक्तानको स्वर रहेको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार प्रधानको विश्व कीर्तिमानी गीतको उक्त गीतको भिडियो शनिबार कमलपोखरीको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित एक समारोमा सार्वजनिक गरिएको हो । यो भिडियो करिब डेढ वर्षअघि नै छायाँकन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि सांसद भगवती चौधरी, डा.रेखा यादव, किरणकुमार शाह, सराज अहमद फारुकी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वल्र्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल लगायतले भिडियोको संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

कोरियोग्राफर तथा मोडल आराध्यलक्ष्मी खड्गीले निर्देशन गरेको यस भिडियोमा चर्चित नेपाली ¥यापर निर्णय (एनएसके) र ‘मिस नेपाल अर्थ २०२२’ डा.सरिशा श्रेष्ठको मुख्य भूमिका रहेको छ । सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेको उक्त भिडियो कुलेखानीमा छायांकन गरिएको हो । भिडियोमा विविता पाण्डे, श्रीकृति बलामी, झरना रेग्मी, सुनिता खड्का र कृति बलामीको नृत्य रहेको छ ।

यसअघि उक्त भिडियो पोखराको सारङ्गकोटबाट प्याराग्लाइडिङ उडान गरी १९०० मिटरको उचाइबाट पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरि विश्व रेकर्ड राख्न सफल भएको थियो । यस गीतको अर्जिनल गायिका सरिता अधिकारी हुन । किशोर खतिवडाको संगीत, अमूल कार्की ढलीको एरेन्ज रहेको यस गीतको रेकर्डिङ दीप तुलाधरले गरेका हुन् ।


यस भिडियोका लागि स्टील फोटोग्राफी पद्यमसागर कक्षपति, जर्नादन अर्याल गरेका छन् भने ड्रेस डिजाइनमा तुल्सी प्रजापति र कुसुम श्रेष्ठ रहेको छ । यस्तै, भिडियो निर्माणको एरेन्जमेन्टमा बालकृष्ण थारु, प्रोडक्सन निकेश सुवेदी, सागर श्रेष्ठ र निर्मातामा शब्दयात्रा प्रकाशन, बनेपा रहेको छ ।

यस गीतमार्फत गीतकार तथा वरिष्ठ पत्रकार एवं समाजसेवी हरिगोपाल प्रधानले दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

प्रतिक्रिया