हरितालिका तीज : वर्षाले रोकेन व्रतालुलाई (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०८१, २१ भाद्र

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाइरहेका छन् ।

तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुको भीड लागेको छ । वर्षाको कुनै पर्वाह नगरीकन उनीहरु नाचगान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू तीजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन् ।

आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो सरिरहेको पशुपति विकास कोषले जानकारी दिएको छ ।

यस वर्ष पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको छ । दर्शनार्थीले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुदगाडेश्वर– उत्तरढोकाबाट मन्दिर प्राङग प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरीमूल ढोकाबाट कैलाश दक्षिण जुता चप्पलकक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

यस्तै, मित्रपार्क जयवागेश्वरी–गौशाला–भवनेश्वरी–शंकराचार्यमठ दक्षिण फलामे पुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

त्यस्तै, पिङलास्थानबाट वनकाली, चार शिवालय पञ्चदेवलपर्व वज्रघर–दक्षिणढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राण प्रवेश गरी दक्षिणढोका बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ताचप्पलकक्षबाट जुत्ताचप्पल लिई फकने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, तिलगंगा राममन्दिर हुँदै बागमती नदी पर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व डोकावाट प्रवेश गरी पर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया