काठमाडौं । याक्थुङ लिम्बू जातीको साझा संस्था किरात याक्थुङ चुम्लुङ (किचायु)को ३६औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी ५ दिनसम्म मनाइएको छ ।
कार्यक्रममा यस बर्षको ‘कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ ‘तङसिङ मुन्धुम’का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्तरुपमा प्रदान गरिएको छ । चुम्लुङका पूर्वअध्यक्ष स्व. मन्जुलकुमार याक्थुङवाद्धारा स्थापित सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले धर्मले मानिसलाई विभाजन गर्ने तर संस्कृतिले जोड्ने बताए । उनले मुन्धम लिम्बू जातिको महत्वपुर्ण सांस्कृतिक एवं सामाजिक दस्तावेज भएको भन्दै पछिल्लो साढे तीन दशकमा मुन्धुमलाई दस्तावेजीकरण गर्ने सवालमा निकै उपलव्धी भएको पनि बताए ।
कार्यक्रमका सभापति किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले पवित्र मुन्धुमी स्थल मुक्कुमलुङ (पाथीभरा क्षेत्र)मा जर्वजस्ती निर्माण गर्न खोजिएको केवुलकार तुरुन्त खारेज गर्न माग गरे । साथै, उनले साविक प्रदेश नं.१ लाई पञ्चायतीशैलीमा कोशी नामाकरण गरिएको भन्दै कोशी नाम खारेज गरि ऐतिहासिक भुगोल, सभ्यता र पहिचानको आधारमा नामांकन नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।
कार्यक्रमको पहिलो दिन भदौ १३ गते ‘साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार’ तथा ‘मुन्धुम स्वर्णिम साँझ’ आयोजना गरिएको थियो । यसै वर्षदेखि वितरण गर्न सुरु गरिएको ‘साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार’ लिम्बू भाषाका गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पु¥याएका भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई प्रदान गरिएको छ ।
यस्तै, कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी र तेस्रो दिन मुन्धुमी स्थल मुक्कुम्लुङमा ‘नो केवलकार’ शीर्षकको कला प्रर्दशनीसँगै ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको चौथो दिन भदौ १६ गते विश्वभरि संगठित चुम्लुङका पदाधिकारीसँग भर्चुअल शुभकामना आदनप्रदान गरिएको थियो । ललितपुरस्थित चुम्लुङको केन्द्रीय कार्यालय चुम्लुङहिममा आयोजित कार्यक्रमको आयोजकमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, नेवाःताम्सालिङ कार्यसमिति, काठमाडौं, ललितपुर, भक्तपुर र विषयगत समितिहरु रहेका थिए ।
ब