एकीकृत समाजवादीमा पदाधिकारीका लागि निर्वाचन हुने
अखबार टुडे
प्रकाशित:
२०८१, १० भाद्र

काठमाडौ । नेकपा एकीकृत समाजवादीका १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुनेछ ।

यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।

एकीकृत समाजवादीले मंगलबार २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्नेछ ।

प्रतिक्रिया