
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ ऐनापहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।
४३ जना भारतीय पर्यटक सवारी बस शुक्रबार दिउँसो ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा पठाउने कार्य भइरहेको छ ।
तनहुँको दमौलीमै पोस्टमार्टम हुने भएपनि भारतीय दूताबासको आग्रहमा पोखरा पठाइएको बताइएको छ । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।
