लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाई सांसदको मत, विपक्षमा को-कोे उभिए ?
अखबार टुडे
प्रकाशित:
२०८१, ४ भाद्र

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदले मत दिएका छन् ।

आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमाले, कांग्रेस र पाँचवटा अरू दलका सांसदले विश्वास मत दिएका हुन् ।

मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नाउपाका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपालका १ र स्वत्नत्र १ गरी ७० जना सांसदले मत दिएका हुन् ।

मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतसम्बन्धी प्रस्तावको विपक्षमा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका १ गरी ११ जना उभिएका छन् । राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी चार जना सांसद पक्ष वा विपक्षमा नरही तटस्थ ब सेका थिए । लुम्बिनीमा ८७ जना सांसद छन् ।

प्रतिक्रिया