सुनको मूल्य तोलामा दुई हजार चार सय घट्यो
प्रकाशित:
२०८१, १० श्रावण

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रति तोला रु दुई हजार चार सयले घटेको छ ।
बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।
यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
