उड्नेवित्तिकै खस्यो सौर्य एयरको जहाज
प्रकाशित:
२०८१, ९ श्रावण

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । पोखरा उड्ने क्रममा विमानस्थल छाड्नेवित्तिकै खसेको प्रत्यक्षी जनाएका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार विमानमा आगो लागेको छ । जहाजमा १९ जना यात्रु रहेका थिए । ९ एनए एमई कलसाइनको उक्त जहाज अहिले बिहान सवा ११ बजेतिर दुर्घटना भएको हो ।
अहिले उद्धार टोली परिचालन गरिएको विमानस्थल कार्यालयले जनाएको छद्ध । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
