यी हुन् ‘मदन पुरस्कार’का लागि छनौट भएका पाँच कृति
प्रकाशित:
२०८१, ८ श्रावण

काठमाडौं । ‘मदन पुरस्कार २०८०’का लागि पाँचवटा कृति छनौटमा परेका छन् । मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चार किताबमध्येबाट पाँचवटा छनौट गरेर जनाएको छ ।
गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो । छनोट भएका पाँचमध्ये सबभन्दा उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

छानिएका कृतिहरूमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ’नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ’भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
