प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ बहुमत
प्रकाशित:
२०८१, ६ श्रावण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको दुई तिहाइ मत पाएका छन् । आइतबार बसेको संघीय संसद्अन्तरगत प्रतिनिधिसभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।
कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । प्रधानमन्त्री ओलीको विपक्षमा ७४ मत परेको थियो । एक सांसद तटस्थ बसे ।
ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिलगायतका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
