क्रिकेटर सन्दीपले पाए सफाइ (फैसलाको पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०८१, ४ श्रावण

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । उच्चले गत जेठ २ गते फैसला सुनाउँदै सन्दीपलाई सफाइ दिएको थियो ।

उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फैसला भएको दुई महिना पछाडि पूर्णपाठ आएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए । यस्तै गौशाला २६ को तर्फबाट पनि पुनरावेदन भएको थियो ।

न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।’

उच्च अदालतले पीडित भनिएकी गौशाला २६ सावालिग महिला भएको तथा दुई जनाबीच भएका घटनाक्रमहरुमा असहमतिका कुनै पनि लक्षण नदेखिएको ठह¥याएको छ । पूर्णपाठको ठहर खण्डमा २३ वटा बुँदामा अदालतले सबै कुरा छर्लंग बनाइदिएको छ ।

‘सबै घटनाक्रमहरूलाई विश्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिई प्रतिवादीलाई निजको पीडित साबालक ठहर गरी जबरजस्ती करणी गरेको ठह¥याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन’, फैसलाको ७९ नम्बर बुँदामा भनिएको छ । प्रतिवादीबाट पेश भएका प्रमाणहरुले अभियोगदाबी समर्थित हुने कुनै पनि आधार नदेखिएको पूर्णपाठमा उल्लेख छ ।

प्रतिक्रिया