२७ महिनापछि २४ सय अंकको विन्दुमा नेप्से
अखबार टुडे
प्रकाशित:
२०८१, ३ श्रावण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अंकको बिन्दुमा पुगेको छ । करिब २७ महिनापछि नेप्सेले छलाङ मारेको हो ।

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको छ ।

असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने हल्ला चलेसँगै नेप्से बढेको थियो । त्यसयताका परिसूचक २ दिन मात्रै घटेको छ । यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा पुगेको थियो ।

त्यसयता निरन्तर घट्दै १८ सय अंकको बिन्दुसम्म झरेको थियो । पछिल्लो दिन उकालो लाग्नेक्रममा बिहीबार परिसूचक ३५ अंकले बढेर २४ सय अंकको बिन्दुमा पुगेको छ । यसअघि पनि कारोबार सुरु भएको ४० मिनेटको अवधिमा नै २४ सय अंकको बिन्दु पार गरेको थियो । अहिले मध्यान्हसम्ममा ४ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ ।

प्रतिक्रिया