‘मिन्जिमा ए’ले पायो ‘पब्लिक च्वाइज’ अवार्ड (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८१, २ श्रावण

काठमाडौं । गायक भीम लिम्बूको ‘मिन्जिमा ए’ बोलको पालमले राजधानीमा सम्पन्न एउटा अवार्ड कार्यक्रममा ‘पब्लिक च्वाइज’ अवार्ड प्राप्त गरेको छ ।

यसै साता सम्पन्न दोस्रो ‘राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८१’मा गायक भीम र गायिका मनु नेम्बाङले गाएको उक्त पालमले अवार्ड जित्न सफल भएको हो । हालैमात्र सार्वजनिक भएको लिम्बू मौलिक संस्कृतिमा आाधारित ‘मिन्जिमा ए’ यतिखेर चर्चामा रहेको छ । ‘मिन्जिमा ए’ पालमको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू, रेखा फागोे, मुन नाल्बो सुब्बा, गायिका मनु नेम्बाङ र गायक भीम सयंमले अभिनय गरेका छन् ।

क्वालिटी फिल्मस् प्रालिद्वारा आयोजित अवार्ड कार्यक्रममा संगीतका १४ र फिल्मका नौ गरी २३ विधामा अवार्ड प्रदान गरिएको थियो । पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका तथा अभिनेत्री कविता आले मगरलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो ।

आदिवासी जनजातिका चलचित्र एवं गीतसंगीतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अवार्ड कार्यक्रमको यस दोस्रो संस्करणमा तामाङ, गुरुङ, लिम्बू, राई लगायतका आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहन आधारित गीतसंगीत र चलचित्रले सहभागी जनएका थिए ।

दर्जनौँ गीत गाइसकेका गायक भीम लिम्बूले अवार्ड पाएको भने यो पहिलोपटक हो । उनले भने, ‘एक दशक बढीको मेरो सांगीतिक यात्रामा यो नै मेरो पहिलो अवार्ड हो ।’ यसअघि २०७२ सालमा ‘ईमेज अवार्ड’मा नोमिनेशनमा परेपनि अवार्ड भने नपाएको उनले बताए । ५० भन्दा बढी गीत गाइसकेका भीमका करिब एक दर्जन गीत चर्चित छन् ।

अवार्ड र पुरस्कार कार्यक्रमहरु वेवास्ता गरेकै कारण आफूले अहिलेसम्म अवार्ड नपाएको उनको भनाइ छ । ‘अवार्ड कार्यक्रमको मलाई वास्तै हुँदैथ्यो । यो पटकमा साथीहरुले गर्दा कार्यक्रममा सहभागी भएको हुँ । संयोगले अवार्ड पनि पाएँ । अवार्ड पाएपछि हौसला बढ्दोरहेछ ।’

गायक भीमले आफ्ना तीनवटा गीत रिलिज हुनेक्रममा रहेका बताए । उनका अनुसार ‘सिलाम साक्मा’ र ‘हौ के भन्छ’ बोलका दुई गीत र एउटा पालम यही साउन महिनाभित्र रिलिज हुनेछ । जसमा भीमसँगै गायिका मेचु धिमालको स्वर रहने भएको छ ।

प्रतिक्रिया