चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा हेर्न पाइने (ट्रेलरसहित)
अखबार टुडे
प्रकाशित:
२०८१, २६ असार

काठमाडौं । लिम्बू संस्कृति तथा संस्कारमा आधारित चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा हेर्न पाइने भएको छ । यो लिम्बू भाषामा निर्माण भइ काठमाडौं, हङकङलगायत नेपालको पूर्वी बिभिन्न शहरमा बिशेष प्रदर्शन भइसकेको छ ।

अहिले आएर चलचित्र ‘सुगुप’ नेपाली भाषामा डब गरेर प्रदर्शन गर्न लागिएको हो । लिम्बू भाषामा पनि यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । यसका बाबजुद अब नेपाली भाषामा प्रदर्शन गरिन लागेको निर्माणपक्षले जनाएको छ ।

लोकेन साँवा लिम्बूद्वारा निर्देशित यो चलचित्रको नेपाली भाषाको पहिलो टेलर सार्बजनिक भएको छ । फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको आफ्नै युटुब च्यानलबाट ‘सुगुप’को टेलर सार्बजनिक गरेको हो ।

निर्देशक लोकेनले अब यो चलचित्र विश्वको विभिन्न देशमा प्रदर्शन गरिने बताए । उनका अनुसार नेपाली भाषामा तयार भएको ‘सुगुप’ सिसेक्पा तङ्नामको अवसरमा अमेरिका, कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायललगायतका देशमा प्रदर्शन हुने भएको छ ।

नेपाल र भारतको विभिन्न ठाउँमा छाँयाङकन गरिएको चलचित्र ‘सुगुप’मा अभिनेता प्रेम सुब्बा, मौसम ईम्बुङ (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको छ ।

साथै, चलचित्रमा यासेली योङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो, नीता लिम्बू, पन्ना आङ्बो, योमन सोदेम्बा, तिर्थ मादेम्बा, सैलेन्द्र नाल्बो, रुकमान लिम्बू, मनकुमार योङहाङ, रबिनकुमार नाल्बो, उदय बेघा,य ुवराज इस्बो, ईन्द्रा पन्धाक र लिला सेलिङ माबोको पनि अभिनय देख्न पाइन्छ ।

रबिनकुमार नाल्बो लिम्बूको निर्माण रहेको यो चलचित्रमा युवराज राईको छायाँकन, बिपिन मल्लको सम्पादन, अशोक राईको संगीत, कमल राईको नृत्य र किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।

प्रतिक्रिया