एकीकृत समाजवादीको अध्यक्षमा माधव र महासचिवमा घनश्याम सर्वसम्मत
अखबार टुडे
प्रकाशित:
२०८१, २१ असार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो ।

पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया