म्युजिक भिडियोमा अञ्जना पुन (भिडियो र फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०८१, २१ असार

काठमाडौं । ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन यतिखेर ‘मिस नेपाल’को ताज जित्ने दाउमा प्रशिक्षणरत छिन् । हङककङलाई कर्मथलो बनाउँदै आएकी पोखराकी अञ्जना ‘मिस नेपाल–२०२४’मा पाटिसिपेन्ट छिन् । २६ प्रतियोगीमध्ये अञ्जनालालाई ‘मिस नेपाल–२०२४’को दावेदारका रुपमा समेत हेरिएको छ ।

यसैबेला उनी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मिस हङकङ’को उपाधि पाउनुअघिबाटै मोडलिङमा सक्रिय अञ्जना गायक युवराज चौँलागाईको ‘मैले भन्दा माया गर्ने’ बोलको नयाँ गीतको भिडियोमा देखिएकी हुन् । गायक युवराल पाश्र्वगायनमा चर्चित छन् ।

यस गीतको भिडियोमा अञ्जना र अभिनेता पल शाहले अभिनय गरेका छन् । स्याड जनराको यस गीतको भिडियोमा अञ्जना र पलको केमेष्ट्रि सुहाएको छ ।

बरिष्ठ लोकगायिका एवं समाजसेवी चन्द्रज्योति आलेको शब्दरचना रहेको यस गीतको भिडियोलाई पल शाहले नै निर्देशन गरेका हुन् । अभिनेता पलकै अफिसियल युट्युब च्यानल ‘पल शाह अफिसियल’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया