वर्तमान सरकारबाट बाहिरिँदै एमाले
अखबार टुडे
प्रकाशित:
२०८१, १९ असार

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अहिले केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

गएको मध्यराति देउवा–ओलीसहितका नेता बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ । नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाको भनाइ छ ।

एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिक्रिया