अब नयाँ स्वरुपमा ‘फेस अफ नेपाल’, आवेदन दिने कि ?
अखबार टुडे
प्रकाशित:
२०८१, १५ असार

काठमाडौं । सन् २०१६ देखि हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा हुने भएको छ । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो ।

यसअघि काठमाडौं केन्द्रित यो प्रतियोगिता यस वर्षबाट देशव्यापी बनाउने तयारी गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार मोडल हन्ट प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् ।

प्रबन्ध निर्देशक माझीले यो प्रतियोगितामा १८ वर्षमाथिका पुरुष तथा महिला सहभागी जनाउने पाउने बताइन् । यस्तै, उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले प्रतियोगितामा भाग लिन सक्ने बताइएको छ ।

नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ । काठमाडौंमा भने यही असार २४ गते इन्द्रेणी स्विट्स होटल बानेश्वर अडिसनमा हुँदैछ । प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौँमा हुने आयोजकले जनाएको छ ।

आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनका लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नु पर्नेछ ।

प्रतिक्रिया