रुबी खानले तोडिन् अनशन (यस्तो छ पाँचबुँदे सहमति)
अखबार टुडे
प्रकाशित:
२०८१, ११ असार

काठमाडौं । रुबी खानले आमरण अनशन तोडेकी छन् । सरकारले सुमदरानी थारुको घटनाका आरोपीको खोजीलाई तीव्रता दिनेलगायतका पाँचबुँदे सहमतिसँगै सोमबार रुबीले आमरण अनशन तोडेकी हुन् ।

बर्दियाको सुमदरानीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले जाहेरी दिएको छ । आरोपितविरुद्ध पक्राउ पूर्जी जारी भएपनि हालसम्म पक्राउ परेका छैनन् ।

निर्मला कुर्मीको अपहरण तथा हत्या, सुमदरानीको बलात्कारपछि हत्या घटनामा प्रहरीको छानबिनमाथि प्रश्न उठाउँदै खानले अनशन थालेकी थिइन् ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी नेतृत्वको टोलीले गरेको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै गृहमन्त्री रवि लामिछानेले जुस पिलाएर खानको अनसन तोडाएका छन् ।

प्रतिक्रिया