शिक्षामन्त्रीको दावी- ८२५ जना शिक्षकले राजनीतिक आबद्धता त्यागे
अखबार टुडे
प्रकाशित:
२०८१, ५ असार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकले राजनीतिक आबद्धता त्याग गरेको बताएकी छन् ।

मन्त्रालय सम्हालेको १०० दिनको मंगलबार उपलब्धिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने बताइन् । अहिलेसम्म ८२५ जना शिक्षकले राजनीतिक आबद्धता त्याग गरेको उनको दावी छ ।

उनले आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकामा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको बताइन् । शिक्षा क्षेत्रलाई राजनीतिमुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन् ।

प्रतिक्रिया