भैयापुरमा रोपाइँ फेस्टिभल, ज्योति मगरले तहल्का मच्चाउँने
अखबार टुडे
प्रकाशित:
२०८१, ४ असार

काठमाडौं । टीम डी–एजले यस वर्ष पनि असार १५ गते नेपालगञ्जको भैयापुरमा ‘रापाइँ फेस्टिवल’ गर्ने भएको छ । यो फेस्टिवलको चौथो संस्करण हो ।

आयोजक टीम डी–एजका दिनेश थापा मगरले ‘रोपाइँ फेस्टिवल’बारे जानकारी गराएका हुन् । उनले यसपटक विगतका वर्षमा भन्दा केही फरक तरिकाले रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए ।

रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिने उनको भनाइ छ । यसपालीको रोपाइँ फेस्टिवलमा चर्चित एवं बोल्ड गायिका ज्योति मगरसहितका कलाकारले प्रस्तुती दिने भएका छन् ।
आयोजकका अनुसार रोपाइँ फेस्टिवलमा ज्योति मगरका आलावा चक्र बमलगायत स्थानीय कलाकारको पनि प्रस्तुती रहने छ ।
रोपाइँ फेस्टिवलकै दिन वेष्टइण्डिज र अमेरिकामा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटको फाइनल खेल हुँदैछ । फेस्टिवल विश्वकप क्रिकेटको लाइभ स्क्रिनिङसमेत गरिने आयोजकले जनाएको छ । साथै, फेस्टिवलमा पञ्चेबाजलगायत रक्तदान कार्यक्रम समेत राखिएकोे आयोजकले जनाएको छ ।

दिनेश थापाले भने, ‘यो हाम्रो नियमित कार्यक्रम हो, त्यसैलाई निरन्तरता दिँदै रोपाइँ फेस्टिवलको चौथो संस्करण गर्न लागेका हौँ ।’ उनका अनुसार टिम डी–एजले स्थापनाकालदेखि नै विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया