काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३३.१५ अंकले बढेर मंगलबार २११५.२४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबारको दिन सोमबार ८.९० अंकले बढेको थियो ।
सेन्सेटिभ इण्डेक्स १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा अडिएको छ । यसदिन ३११ स्क्रिप्सको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए । यो कारोबार रकम सोमबारको तुलनामा बढेको हो ।
सोमबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बरुण हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखारी र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।
यसैगरी हेवाखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा ३६ करोड मूल्य बढीको सेयर कारोबार भयो । माउन्टेन इनर्जीको २३ करोड, ग्लोबल आईएमई लघुवित्त वित्तीय र जानकी फाइनान्सको १०÷१० करोडको सेयर कारोबार भएको छ ।
यस्तै, गोर्खाज फाइनान्सको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो । १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स,हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशत बढिले बढेको छ ।
कारोबारमा आएका २०३ स्टकको मूल्य बढ्दा ४१ वटाको घट्यो भने २ समूहको मूल्य स्थिर रह्यो ।