फिजीको पहलमा महासागरको सरसफाई
अखबार टुडे
प्रकाशित:
२०८१, २७ जेष्ठ

फिजी, (एजेन्सी) । फिजीको वातावरण र जलवायु परिवर्तन मन्त्रालयले विश्व महासागर दिवसको अवसरमा शनिबार यहाँ एक सरसफाई अभियान सुरु गरेको छ । यसले विश्वको संरक्षण र दिगोपनाको महत्वपूर्ण आवश्यकतालाई जोड दिँदै कामको सुरूवात गर्न विश्वव्यापी आह्वानको रूपमा काम गर्दछ ।

फिजी सरकारको यस पहलले संरक्षण प्रवर्द्धन र जलवायु समस्यालाई नियन्त्रण गर्नको लागि आफ्नो अटल प्रतिबद्धतालाई सङ्केत गर्दछ । यसले फिजीको समुद्री वातावरणकोे संरक्षण गर्नको लागि यस पहिलेदेखि जारी समर्पणलाई थप सशक्त बनाउँने विश्वास गरिएको छ ।

फिजीले जलवायु परिवर्तन र वातावरणीय ह्रासका चुनौतीहरूको सामना गरिरहँदा जलवायु समस्या नियन्त्रणका लागि उपायहरूको आवश्यकता बढ्दै गएको देखिन्छ ।

वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले जैविक विविधता पार्क (बायोपार्क्स) को सञ्जाल विस्तार गर्न र वातावरणीय वकालतमा जनता र सरोकारवालाको संलग्नता बढाउन प्रतिबद्ध रहेको जनाएको छ ।

फिजीले तीनवटा बायोपार्कहरू स्थापना गरेको छ । यसले सरकार र स्थानीय समुदायहरू बीचको सहयोगी प्रयासहरूलाई प्रतिबिम्बित गर्ने, प्राकृतिक स्रोतहरूको संरक्षण, पुनस्र्थापना र व्यवस्थापनमा समुदायहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने मन्त्रालयले बताएको छ ।

पर्यावरणीय दिगोपनप्रति राष्ट्रिय प्रतिबद्धतासँगको यो पङ्क्तिबद्धता स्थानीय समुदायका लागि मात्र फाइदाजनक नभएको तर यसले फिजीको समग्र वातावरणीय लचिलोपनलाई पनि बलियो बनाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया