प्रियंका र बेनिषाको यो कस्तो ‘तँई का ठमक’ (भिडियो)
प्रकाशित:
२०८१, २६ जेष्ठ

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।
गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंकार बेनिषासँग दुबैको जोडी सुहाएको देख सकिन्छ ।
गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा