काठमाडौं । कोलकाता नाइट राइडर्स तेस्रोपटक इन्डियन प्रिमियर लिग आइपीएल विजेता बनेको छ । शनिबार राति भएको आईपीएल–२०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै आईपीएल–२०२४ को उपाधि जितेको छ । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।
११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट भए ।
रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६÷६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक÷एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।
हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए भने एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई–दुई विकेट लिँदा वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले पनि एक–एक विकेट लिए ।
लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।